Logo

नायिका केकी अधिकारी ऋषि धमलाबाट प्रेरित, भन्छिन्–‘मेरो श्रीमानमा पनि तपाईँजस्तै गुण चाहन्छु’ (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । चर्चित नायिका केकी अधिकारीले आफू अहिले विवाह गर्नको लागि मानसिक रुपमा तयार नरहेको स्पष्ट पारेकी छिन् । हिजो (शनिबार) राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । यद्धपी आफूलाई घरपरिवारबाट भने विवाहको लागि आग्रह भैरहेको उनले जानकारी दिईन् । उनले अझै केही वर्ष विवाह नगर्ने स्पष्ट पारिन् । उनले भनिन्,‘विवाह गर्नुत छँदैछ, विवाह मनपर्ने संस्था हो । त्यसपछि जीवन अगाडि बढ्छ ।’ उनले आफूले असल जीवनसाथी खोजेको सुनाईन् । उनले आफू कहिल्यैपनि भूत र भविष्यमा नअल्झिने बरु वर्तमानमा केन्द्रित रहने व्यक्ति भएको पनि सुनाईन् ।

पत्रकार धमलाले ‘अब तपाईँले प्रेम गर्दा कस्तो युवकसँग गर्नुहुन्छ ? तपाईँको सोच ?’ भनेर राखेको प्रश्नमा नायिका अधिकारीले भनिन्–‘मलाई एकदमै प्रेरणा दिने व्यक्तिमध्येमा तपाईँ एक हुनुहुन्छ जस्तो लाग्छ, सायद मेरो श्रीमानमा तपाईको केही गुण चाहन्छु । आफ्नो श्रीमतीलाई निकै नै विश्वास गर्ने, सपोर्ट गर्ने, उहाँले गर्न चाहेको सपनामा उहाँलाई चाहीँ पुस गर्ने, तपाईमा भएका त्यस्ता गुणहरु पक्कैपनि म मेरो श्रीमानमा चाहन्छु । हाम्रो नेपालमा भएका विवाहित जोडीहरुमध्येमा तपाईका धेरै गुणहरु धेरै श्रीमानहरुले सिक्न आवश्यक छ । र, श्रीमतीहरुले पनि त्यो चिज सिक्न आवश्यक छ ।’

हेरौं नायिका अधिकारीसँग पत्रकार धमलाले गरेको रोचक कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्