Logo

माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन



काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी चढाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआरकोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्