Logo

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ



मोरङ, ५ बैशाख । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया पक्राउ परेका हुन् ।

अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्