Logo

मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा



काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले क्यूआर कोड भुक्तानी सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेको बताए । उनले डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको बताए ।

मेगा बैंककी सीईओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई प्राथमिकता दिइरहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्