Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको हो ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोगराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४४ ट्याब्लेट र करिब २ सय ३० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गल्लामण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot