Logo

यी हुन् माओवादी छाडेपछि सांसद पद गुमाउने १३ नेता



काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका १३ जनाले सांसद पद गुमाएका छन् । उनीहरु मध्ये ४ प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद छन् । एकजना राष्ट्रिय सभा सांसद छन् । बाँकी ८ जना प्रदेश सभा सांसद छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उत्पन्न राजनीतिक तरंगका क्रममा माओवादीमा रहेर जनयुद्ध सम्म लडेका नेताहरुले प्रचण्डको साथ छाडेका छन् । यसरी साथ छाड्नेमा रामबहादुर थापा बादल पनि हुन् । उनले राष्ट्रिय सभा सदस्य पद गुमाएका छन् ।

यसैगरी, प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पनि सांसद पद गुमाएका छन् । ओली सरकारमा रहेका उनीहरु अब ६ महिना मात्र मन्त्री बन्न योग्य हुनेछन् ।

राष्ट्रिय सभा

रामबहादुर थापा बादल

प्रतिनिधि सभा सांसदहरु
टोपबहादुर रायमाझी
लेखराज भट्ट
प्रभु शाह
गौरीशंकर चौधरी

प्रदेशसभा सांसदहरु
टंक आङबुहाङ
दधिराम न्यौपाने
दिनेश पन्थी
धर्मराज रेग्मी
रामचन्द्र मण्डल
ज्वालाकुमारी साह
कुन्दनप्रसाद कुशवाहा
मोहम्मद समीर



प्रतिक्रिया दिनुहोस्