Logo

भोलि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक, सरकारको समर्थन फिर्ता लिने !



काठमाडौं, ५ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाएअनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल हुने जनाईएको छ ।

पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताईसकेका छन् । नेता पौडेलले पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा भनेका छन्–‘हामी करिब–करिब सरकारलाई दिएको समर्थन फिर्ता लिने नजिक–नजिक पुगेका छौँ । एक हप्ता आसपासमा हामीले एउटा निर्णय गर्छौं । भोलि पनि स्थायी कमिटी बैठक छ । त्यहाँ पनि हामीले यो बारेमा गम्भीर समिक्षा र छलफल गर्छौं । हामीले छिट्टै यसबारेमा एउटा कोर्ष लिन्छौं । मैले अहिले नै भन्दिनँ, त्यो विषयमा छलफल हुन्छ । निणर्य हुन्छ ।’

उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा आफूहरु अनिर्णयको बन्दी नबनेको पनि दाबी गरेका थिए । उनले भनेका छन्,‘हामी किन अनिर्णयको बन्दी बन्ने ? हामी त प्रष्ट छौँ । आफ्नो विचार र दृष्टिकोणमा हामी प्रष्ट छौं । हामीले पछिल्लो समयमा केपी शर्मा आलीलाई फुल फेजमा सहयोग गर्दागर्दै पनि उहाँले सम्हाल्न नसकेको हुँदाखेरी उहाँको विकल्पमा उहाँले चालेका कदमप्रति विमति राख्ने एउटा सहमतिको सरकार बन्नुपर्छ । देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजानुपर्छ । व्यक्तिगत रूपमा उहाँहरुले पनि उल्लेख गरेर आउनुहुन्छ भनेदेखि सहकार्य हुनसक्छ । उहाँहरुसंग पनि र अरुसंग पनि हामीले सहकार्यको कुरा गरेकै छौँ । त्यसो भएर हामीले फेरि विकृत भएको राजनीतिलाई सम्हाल्ने पक्षमा अगाडि बढ्छौँ ।’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्