Logo

गौरीफन्टा नाकाबाट नेपाल आएका ४० जनामा कोरोना



कैलाली, बैशाख ६ । आइतबार कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ४० जनामा कोरोना संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर आइतबार ७ सय जना भित्रिएका छन्। तीमध्ये ३ सय ४० जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ४० जनामा संक्रमण पुस्टि भएको उनले बताए।

हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ९ हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने ७ सय २४ जनामा संक्रमण पुस्टि भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot