Logo

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं, ६ बैशाख । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बैशाख महिना भित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको मन्त्रिपरिषद्को बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय तथा शैक्षिक संस्थाहरूमा जोखिम बढी देखिएकोले सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले संक्रमण नियन्त्रणको लागि जोखिमयुक्त प्रमुख शहरका स्कुल बन्द गरि अनलाइन मार्फत कक्षा संचालन गर्ने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धित सरोकारावालाहरुलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot