Logo

दिल्लीमा लकडाउन



एजेन्सी, ६ वैशाख । कोरोना भाइरसको दोस्रो लहर भयावह बनेपछि भारतको दिल्लीमा लकडाउनको घोषणा भएको छ । आज साँझबाट एक साताका लागि लकडाउनको निर्णय आएको हो ।

साँझ १० बजेबाट २६ अप्रिलको विहान ५ बजेसम्म लकडाउन लगाइने भएको छ । दिल्लीमा कोरोना महामारी भयावह बनेपछि मुख्यमन्त्री अरवीन्द केजरिवालले लकडाउन लगाउने बताउँदै आएका थिए । पछिल्लो समय अस्पतालहरु विरामीले भरिनुका साथै अक्सिजनको समेत अभाव भएको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्