Logo

माधव नेपालसहित २० नेतालाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) को आज बसेको १०औं महाधिवेशन आयोजक कमिटी बैठकले माधव नेपालसहित २० जना नेतालाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोधेको छ । यसअघि निलम्बनमा परेका नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई कारबाही गर्ने अध्यक्ष केपी शर्मा ओलीको तयारी छ ।

यसअघि यी चारै जना नेताले स्पष्टीकरणको जवाफ दिँदै उल्टै ओलीले विधानविपरित काम गरेको भन्दै कारबाहीको भागीदार भएको आरोप लगाएका थिए । त्यस्तै, कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका सांसदहरुलाई पनि पार्टीले अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जनाए ।

बैठकमा सहभागी नेताकाअनुसार उनीहरुलाई बैठकले दुई दिनभित्र स्पष्टीकरणको जवाफ दिन चेतावनी दिएको छ । अर्को बैठक यही बैशाख १० गते बस्ने छ । आजको बैठकमा ओलीले नेता नेपालको भूमिकालाई लिएर कडा आलोचना गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्