Logo

मङ्गल ग्रहमा उड्यो हेलिकोप्टर



एजेन्सी, ६ वैशाख । मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो ।

नसाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा उडेर सफलतापूर्वक अवतरण गरेको छ । १८ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा पुगेको यानसँर्ग पुगेको हेलिकोप्टर पहिलोपटक उडेको हो ।-तस्बिर स्रोतः नासा



प्रतिक्रिया दिनुहोस्