Logo

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा



काठमाडौं, बैशाख ७ । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो ।

मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी आएको जानकारी दिएको हो । चैत १५ गते साढे ४ करोड पानी वितरण शुरू गरिएको भए पनि विस्तारै प्रणालीमा राख्दै आएको समितिले सोमवारदेखि पूर्ण क्षमतामै पानी वितरण प्रणालीमा प्रवाह गरेको हो । यससँगै काठमाडौं उपत्यकामा दैनिक २५ करोड लिटर पानी वितरण हुनेछ । मेलम्चीको १७ करोड लिटरबाहेक आन्तरिक स्रोत तथा डीप ट्युबेलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुँदै आएको थियो ।

परीक्षणको क्रममा शुरूका दिनमा दैनिक साढे ८ करोड लिटर पानी वितरण प्रणालीमा उपलब्ध गराइएकोमा त्यसमा क्रमिक रूपमा वृद्धि गर्दै सुन्दरीजलमा निर्मित दुवै प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न शुरू गरिएको छ । सोमवारदेखि उपत्यकावासीका लागि वितरण प्रणालीमा दैनिक १७ करोड लिटर पानी उपलब्ध हुने समितिले उल्लेख गरेको छ ।

पानी पथान्तरणका लागि महŒवपूर्ण पूर्वाधारको निर्माण सम्पन्न भएसँगै १० फागुन २०७७ बाट सुरुङ परीक्षण कार्य आरम्भ गरिएको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो ।आर्थिक अभियान दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्