Logo

आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, दर्शक प्रवेशमा रोक



काठमाडौं, बैशाख ७ । नेपालले त्रिकोणात्मक टी–ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले आज खेलिने खेलमा आफ्नो समर्थक बिनानै खेल्नुपर्नेछ ।

टियू खेल मैदानमा कोभिड( १९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शकसहितको खेलकूद गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको हो ।

नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ९ विकेटको सानदार जीत निकालेको थियो भने हिजो सम्पन्न दोस्रो खेलमा पनि मलेसियालाई ९ विकेटले नै पराजित गरेको थियो ।

नेपाली टोलीका ओपनर कुशल भुर्तेलले जारी सिरिजमा लगातार दुई अर्धशतक बनाउन सफल भएका छन् । डबल राउण्ड रोबिन लिगको आधारमा खेलिएको त्रिकोणात्मक सिरिजमा नेपाल दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दुई खेलमा दुई अंकसहित दोस्रो र मलेसिया अंकविहिन हुँदै पुछारमा रहेको छ । शीर्ष दुई टोलीबीच बैशाख ११ गते फाइनल खेल खेलिनेछ ।(



प्रतिक्रिया दिनुहोस्