Logo

सिटिजन्स बैंकले तिनाउ मिसनसँग गाभिएसँगै गर्यो १ अर्ब ५४ करोड नाफा



काठमाडौं, ७ बैशाख । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको मुनाफा ४३२.६१ प्रतिशतले बढेको हो ।

तिनाउसँग मर्ज हुनु अगाडी बैंकको गत वर्षको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ मुनाफा गरेको थियो । चालु आवको त्रैमाससम्ममा बैंकले खुद आम्दानी १३.१९ प्रतिशतले बढाएर २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा निक्षेप ४३ प्रतिशतले बढेको छ भने कर्जा लगानी पनि ३७ प्रतिशतले बृद्वि भएको बैकले जनाएको छ । बैंकको मुनाफा बढ्नुमा मर्जरको प्रभाव सकारात्मक देखिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot