Logo

हावाहुरीबाट एकैदिन पाँच लाखको क्षति



तनहुँ, ७ बैशाख । हावाहुरीका कारण तनहुँमा एकैदिन रु पाँच लाख बराबरको क्षति भएको छ । गत शनिबार बेलुकी आएको हावाहुरीका कारणले जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीले क्षति पु¥याएको हो । हावाहुरीका कारण जिल्लाको भानु नगरपालिका–१३ स्थितमा बसोबास गरिरहेका ११ घरधुरीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही वडामा बसोबास गरिरहेका पाँच घरधुरी, भीमसेन प्रावि स्कुलको छानाको टिनसमेत गरीरु चार लाख ८० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी देवघाट गाउँपालिका–३ स्थित एक घरमा अन्दाजी रु २० हजार र बन्दीपुर गाउँपालिका–६ अन्तर्गत रहेको एक घरमा अन्दाजी रु २० हजार क्षति पुगेकोे छ । रासस



प्रतिक्रिया दिनुहोस्