Logo

बिना मगर मन्दिर शिल्यान्यासमा व्यस्त



काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ, सांसद तथा पूर्वमन्त्री बिना मगर यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा छिन् । उनी यतिवेला कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न कार्यक्रममा सहभागी भएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत ‘बेलौरी नगरपालीका वार्ड न १० मा दुर्गा भवानी मन्दिर र भगवानपुर माध्यामिक विद्यालयको सरस्वती मन्दिर सिलन्यास गर्दै’ भनेर लेखेकी छिन् ।

नेतृ मगर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । उनी यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाईमन्त्रीको भूमिकामा थिईन् ।



प्रतिक्रिया दिनुहोस्