Logo

होटलका बुकिङ धमाधम रद्द



सौराहा, वैशाख ८ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाटै आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको बताए ।

“कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले राहत दिएकोे थियो अहिले यसको दोस्रो लहरको सङ्क्रमणसँगै होटलमा गरिएको बुकिङ रद्द हुन थाले”, उनले भने ।

व्यवसायीहरूका अनुसार ११० होटलमा छ हजार पाँच सय बेड रहेको सौराहामा दुई महिनायता ४० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । यो अकुपेन्सी सौराहाको सामान्य अवस्थाको अकुपेन्सी हो ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot