Logo

दाङको छ वटा घरगोठमा आगलागी



दाङ, ८ बैशाख । दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिए।

स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन्।

आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ छ । आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् । अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्