Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं, ८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । आजको बैठकमा वर्तमान आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजोपनि स्थायी कमिटीको बैठक बसेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे हिजोको बैठकमा छलफल नभएपनि आजको बैठकमा यसबारेमा निर्णय हुने बुझिएको छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउनेबारे कांग्रेस र जसपाका नेताहरुसँग भएको भेटवार्ता र प्रगतिबारे दाहालले ब्रिफिङ गरेको बुझिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्