Logo

लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत अख्तियारको फन्दामा



काठमाडौं, ८ बैशाख । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।
अनामनगरका शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको आधारमा अनुसन्धान गर्दा तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि भएको थियो ।
उनीमाथि कानुन बमोजिम कारावाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्