Logo

धरहराको २२औं तलामा शिवलिङ्ग र गजुर



काठमाडौं, ८ वैशाख । धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । आज धरहराको २२ औं तलामा शिवलिङ्ग र गजुर राखिएको छ ।

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको जानकारी दिएका छन् । उनले २२औं तलामा शिवलिङ्ग पनि राखिएको बताए ।

शिवलिङ्ग पनि पुरानै हो । २२ तल्लाको धरहरा आधुनिक ढाँचामा बनाइएको छ । यसअघि सुर्की चुना, ईट्टा, फलामलगायत सामाग्री प्रयोग गरिएको धरहरामा यसपटक डन्डी, सिमेन्ट र बालुवाको बढी प्रयोग गरिएको छ ।-तस्बिर स्रोतः सुशील ज्ञवालीको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्