Logo

काठमाडौंमा सभा गोष्ठी रोक



काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक लगाएको हो ।

जिप्रका काठमाडौंको आज जारी सूचनामा तालिम तथा प्रशिक्षणहरु सञ्चालनमा पनि रोक लगाइएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्