Logo

ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो प्रस्ताव



काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा जारी बैठकमा पार्टी एकता जोगाउने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटेका थिए । उनले शीक्र्ष नेताहरुबीच सम्वाद हुनुपर्ने र पार्टी एकता जोगाउनुपर्ने धारणा राखेका थिए । पछिल्लो समय एमालेभित्र आन्तरिक विवाद चर्किएको छ ।

अध्यक्ष ओली र नेता नेपालबीच आरोप प्रत्यारोप नै चलेको थियो । कतिपयले यो तहको विवादलाई लिएर पार्टी नै फुट्नेसमेत दाबी गरेका थिए । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका थिए । तर, माधव नेपाल पक्षको उपस्थितिबिनै अध्यक्ष ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठक राखेर एकलौटी निर्णय गरेपछि एमालेमा झनै विवाद चर्किएको थियो । यो बीचमा माधव नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी गठन गरेका छन् । ओलीले हिजोमात्रै माधव नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका पाँच सदस्यहरुलाई स्पष्टीकरण सोधेका थिए । त्यसको विरुद्धमा माधव नेपाल पक्ष आज अदालत गएको छ ।

प्रधानमन्त्री ओली भेट्न योगेश भट्टराई सुटुक्क बालुवाटार, कारबाही नगर्न आग्रह

यही सेरोफेरोमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्ताको सूत्रधार भने नेता योगेश भट्टराई हुन् । ओलीसँगको भेटको सुरुवातमा नेता नेपालले अहिलेको अवस्थामा एमाले फुट्दा सबैभन्दा बढि घाटा ओलीलाई नै हुने कुरा राखेका छन् । त्यस्तै, २०७५ जेठ २ मा फर्किन ओलीलाई आग्रह गरेका छन् । र, २८ गते र त्यसपछि गरेका सबै निर्णय खारेज गर्नपनि आग्रह गरेका छन् ।

ओली-नेपाल भेटवार्ता, एमालेको एकता जोगाउने सूत्रबारे छलफल

नेता नेपालनिकट स्रोतकाअनुसार ओलीसँग नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले पार्टीभित्र अध्यक्ष ओलीले नै गुटको राजनीति गरेको आरोप लगाएका छन् । नेता नेपालले वापमन्थी सरकार जोगाउनुपर्ने बताउँदै माओवादी केन्द्रको समर्थन जारी राख्नुपर्ने र यसको लागि सहमति खोजिनुपर्ने प्रस्ताव पनि राखेका थिए । र, प्रदेश सरकारमा भागबण्डमा जानुपर्ने उनको अर्को प्रस्ताव छ ।तर, अध्यक्ष ओलीले भने आत्मालोचना र माफी माग्नुपर्ने अडान लिएका छन् । र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्नु गलत थियो भनेर सार्वजनिक रुपमा स्विकार गर्नुपर्ने अर्को प्रस्ताव राखेका छन् ।  Photo BY: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्