Logo

ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, माधव नेपालले मिडियालाई प्रतिक्रिया दिएनन्



काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेता माधवकुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा भएको भेटवार्ता सकारात्मक भएको बुझिएको छ ।

पौने दुई घण्टा एक्लाएक्लै भेटवार्तामा बसेका ओली र नेता नेपाल प्रफुल्लित मुद्रामा प्रस्तुत भएको र वार्ता सकारात्मक भएको स्रोतको दाबी छ ।
भेटवार्ता सम्पन्न गरेर होटेलबाट बाहिरएका नेता नेपालले मिडियालाई भने कुनै प्रतिक्रिया दिएनन् । उनले संक्षिप्तमा अहिले केही बोल्दिन मात्रै भनेका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्