पोखराबाट लागूऔषध सहित दुई पक्राउ


काठमाडौं, ९ बैशाख । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट नियन्त्रित लागूऔषध ५८ एम्पुल डाइजेपाम, ५८ एम्पुल फेनारगन र ५८ एम्पुल नुर्फिन सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र सोही ठाउ बस्ने २६ वर्षीय प्रकाश गुरुङ रहेका छन् । नेपालगंजबाट पोखरातर्फ आउँदै गरेका सवारी साधनलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।