Logo

ओली-नेपाल भेटवार्ता, कुरा मिल्ला ?



काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । नक्शालस्थित होटल मेरियटमा वार्ता चलिरहेको हो ।

वार्तामा दुवै नेता सहमति र एकताको एजेन्डासहित प्रस्तुत भएको बुझिएको छ । नेपालले सहमतिको सूत्र समेत लिएर प्रस्तुत भएको बुझिएको छ ।

हिजो साँझ दुवै नेताहरुले भेटवार्ता गरेर आइसब्रेक गरेका थिए । आज लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको एकता दिवस पारेर सहमतिको प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot