Logo

कोरोनाबाट आज ५ जनाको मृत्यु



काठमाडौं, ९ बैशाख । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३११७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २४ सय २८ थपिएका छन् । आज २ सय ५२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

आजसम्म २३ लाख ७९ हजार ४ सय २ जनाको पिसीआर परिक्षण भएको छ भने १२ हजार ६ सय ९० जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ८१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्