Logo

ओलीले ‘विदेशी शक्तिको आँडमा संविधान मिचेको’ प्रचण्डको आरोप



काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी शक्तिको आँडमा संविधान मिचेको आरोप लगाएका छन् । उनले ओलीबाट विदेशी शक्तिको आँडमा कानुन मिच्ने कार्य भएकोबारे जनताले बुझेको बताए ।

‘विदेशी शक्तिको आँडमा कानुन मिच्चे संविधान काम भएको छ,’ नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने,‘गलत प्रवृत्तिका नायकलाई गलहत्याएका थियौं ।’

एनले देशमा विचित्रको घटनाहरु भइरहेकोमा पनि विदेशीको भूमिकातर्फ संकेत गरे । उनले प्रश्न गरे,‘ यो के भयो नेपालमा ? यो विचित्रको नौटंकी कस्ले गर्यो र कताबाट आयो ?’ प्रचण्डले सबै षड्यन्त्रहरु चकनाचुर पार्ने संकल्प गर्नुपर्नेमा समेत जोड दिए ।

ओलीलाई गलत प्रवृत्ति देखाएर प्रतिक्रियावादीको साथमा लागेकाले वैधानिक रुपमा गलहत्याएको टिप्पणी गरे । उनले भने,‘ वैधानिक र कानुनसम्मत् तरिकाले खलनायकहरुलाई निकालेका हौं ।’ उनले आफूहरु पराजित नभएको दाबी गरे । ओलीतर्फ संकेत गर्दै प्रतिक्रान्तिको बाटो लिएर पराजित भएको तर्क गरे ।

शक्तिसन्तुलन आफूहरुको पक्षमा नभएकाले विभाजन रोक्न नसकेको बताए । उनले भने,‘हामी बिल्कुल कमजोर भएका छैनौं, शक्तिसन्तुलन पक्षमा नभएकाले विभाजन रोक्न सकेनौं ।’ शोषित पीडितका लागि प्रतिक्रियावादीसँग लड्ने संकल्प समेत गरे । प्रचण्डले षड्यन्त्रहरुलाई चकनाचुर पार्ने बताए ।



प्रतिक्रिया दिनुहोस्