Logo

ओलीसँग वार्ता असफल भएपछि माधव नेपाल जनकपुर हिँडे



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता बिना निश्कर्ष सम्पन्न भएको छ । हिजो र आज भएको भेटवार्ताले पार्टीभित्रको आन्तरिक विवाद समाधान हुने विश्वास लिईएको थियो । तर, नेता नेपालले आजको वार्ताले आफू निराश भएको प्रतिक्रिया दिए । उनले वार्तास्थल होटेल मेरियटबाट बाहिरिने क्रममा भने–‘आज केही प्रगति भएको छैन् । म हिजो आशावादी थिएँ । तर, आज निराश भएँ ।’

नेता नेपालले आफूनिकट वरिष्ठ नेता झलनाथ खनाललाई अध्यक्ष ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । नेता खनालले अध्यक्ष ओली र नेता नेपालबीचको आजको भेटवार्ता सकारात्मक नभएको स्पष्ट पारे । नेता नेपाल भने ओलीसँगको भेटवार्ता सम्पन्न गरेर पार्टीको कामको लागि जनकपुर हिँडेका छन् । नेता नेपाल नक्सालबाट सिधै जनपुरको लागि हिँडेको बुझिएको छ । पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा छ । अध्यक्ष ओली र नेता नेपालबीच हिजो र आज गरि करिब चार घण्टा छलफल भएको छ । तर, वार्ता भने बिनानिश्कर्ष सम्पन्न भएको छ ।

आजको वार्तापछि नेता नेपाल निराश देखिएका छन् । पछिल्लो समय अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षधर २७ जना प्रतिनिधिसभा सदस्यहरु र कर्णाली प्रदेशका ५ सदस्यहरुलाई कारबाही गर्ने संकेत गर्दै स्पष्टीकरण सोधेका थिए । त्यसको विरुद्धमा नेपाल पक्षधरले अदालतमा हिजो रिट हालेको छ । उनीहरुको रिट आजमात्रै दर्ता भएको हो । उक्त रिटमा आगामी आइतबार सुनुवाई हुने छ ।  File Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot