Logo

माधव नेपालसँगको वार्ता सकारात्मक नभएपछि ओली-वामदेव भेट, सँगै डिनर गरे



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई भेटेका छन् । आजमात्रै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । मेरियट होटलमा भएको भेटवार्ता सकारात्मक भने भएन ।

नेता नेपाल भने अध्यक्ष ओलीसँगको भेटवार्ता सम्पन्न भएपछि जनकपुर पुगेका छन् । यता, ओली भने नेता गौतमसँगको भेटमा व्यस्त छन् । ओलीले नेता गौतमसँग रातिको खाना डिरनपनि सँगै गरेका छन् ।

प्रधानमन्त्रीसँग डिनरको लागि नेता गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुसँग डिनरमा विशाल भट्टराई र कानूनमन्त्री लिलानाथ श्रेष्ठ पनि सहभागी थिए । भेटवार्ताबारे एमाले प्रमुख सचेतक विशाल भट्टराईले सामाजिक सञ्जाल फेशबुकमा तस्विरसमेत सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्-” प्रधानमन्त्री — बामदेब भेटघाट, कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”  सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।” अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !”



प्रतिक्रिया दिनुहोस्