Logo

जसपा स्थापनाको एक वर्ष



काठमाडौं, १० वैशाख । जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पूरा भएको छ । आजकै दिन जसपा स्थापना भएको हो ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एक भई जसपा गठन भएको हो । समाजवादी पार्टी फुटाउन खोजिएपछि रातारात एकीकरण गरी फुट जोगाइएको थियो । त्यस क्रममा जसपा गठन भएको हो ।

जसपा गठन भएपनि फेरि विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुर पक्षधर प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक भएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई ओलीविरोधी समिकरणको पक्षमा छन् ।

यसैगरी, जसपा स्थापनाको एक वर्ष पूरा भएको दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमाल, पहाड, तराई मधेश जोड्ने वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टी भनेका छन् । उनले जसपालाई भित्री र बाहिरी चुनौतीको रक्षा गर्दै देशको नेतृत्वदायी स्थापनमा पुर्याउन आव्हान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot