Logo

काठमाडौं मलमा नेपाल बैंकको क्यूआर कोड र एटीएम



काठमाडौं, १० बैशाख । काठमाडौंको काठमाडौं मलमा नेपाल बैंक लिमिटेडले आफ्नो क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैशाख ८ गतेदेखि काठमाडौं मलमा क्यूआर कोडको सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकको अनुसार बैंकले काठमाडौं मलले (दिवा सपना जे.भी.)सँगको सहकार्यपछि उक्त मलका स्टलहरुमा बैंकको क्यूआर कोड र परिसरमा एटीएम सञ्चालन गरेको हो । सम्झौतापछि काठमाडौं मलका व्यावसायिहरुलाई बैंकले सहूलियत दरमा बिनाधितो कर्जा पाउने भएका छन् । बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौं मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमूख व्यवस्थापक विष्णुहरी कालले ढकालले हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot