Logo

पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ



सुनसरी, १० बैशाख । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१९ स्थित सडकबाट पार्किङ गरी राखेको को।१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–८ बुद्दमार्ग बस्ने २२ वर्षीय रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने १९ वर्षीय रवि राई रहेका छन् । उक्त स्थानबाट गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान तथा खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्