Logo

पहेँलो धातु सहित २ जना पक्राउ



कपिलवस्तु, १० बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातु, १ थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शुद्धोधन गाउँपालिका(५ बस्ने २० वर्षीय हरिचन्द यादव र सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद कुमार तिवारी रहेका छन् । उक्त स्थानमा नक्कली सुन बिक्री गर्नको लागि हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उक्त धातु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्