Logo

बागलुङ नगर क्षेत्रका विद्यालय एक हप्ता बन्द



बाग्लुङ, १० बैशाख । कोरोना जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाको शैक्षिक संस्थाहरु एक हप्ताको लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाख १२ गतेदेखि बैशाख १९ गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी नेपालमा पनि बढ्दै गइरहेको र महामारीबाट बालबालिकाहरू बढी प्रभावित हुने सम्भावित खतराबाट जोगाउन र सचेतना अपनाउनका लागि विद्यालय बन्द गर्नु परेको नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रका विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएपछि बलेवा क्षेत्रका ३ वटा वडामा १० दिनका लागि आजदेखि बन्दाबन्दी जारी गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्