Logo

पार्टी सञ्चालनसम्बन्धी केपीको पछिल्लो कार्यशैलीमा मेरो सहमति छैन : वामदेव गौतम



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनसम्बन्धी चालेको पछिल्लो कदम र कार्यशैलीमा असहमति राखेका छन् । आजमात्रै अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल पक्षलाई बाहिर राखेर स्थायी कमिटी विस्तार गरेका थिए । जसमा उनले नेता गौतमलाई पनि समावेश गरेका थिए । तर, नेता गौतमले भने स्थायी कमिटी विस्तार गर्ने ओलीको कार्यशैलीमा आफ्नो सहमति नभएको स्पष्ट पारेका छन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले गौतमको पछिल्लो धारणा बाहिर ल्याएका छन् । उनले फेशबुकमार्फत लेखेका छन्-“क. वामदेव गौतम नेकपा (एमाले) को नवौं महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष हो । पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठकको निर्णय फिर्ता हुनुपर्छ भन्ने उहाँको माग जारी छ । अध्यक्ष क. केपी ओली, वरिष्ठ नेता क. माधव नेपाल, झलनाथ खनालसँग वर्षौंदेखिको व्यक्तिगत घनिष्ठता कायमै छ । उहाँ अझै पनि एकता पक्षधर हो । पार्टी सञ्चालनसम्बन्धी क. केपीको पछिल्लो कार्यशैलीमा उहाँको सहमति छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot