Logo

हामी सबै नदी हौँ



मार्गारेट स्येन :

हामी सबै

थाह नभई जन्मिएका नदी हौँ।

आफ्ना पाखुरा फैलाउँदै दौडिहिँड्ने

किनार अनिश्चित भएका नदी।

नदी जो छिनछिनमा अडिँदै तरङ्गित हुँदै

जीवनलाई हेरिरहन्छ।

नदी जो केही थाहा पाएर वा नपाईकनै

उम्किरहन्छ, फाल हानिरहन्छ।

हामी अनेक थोक र जीवनलाई

आपसमा बाँध्ने नदी हौँ।

सँधैभरि पुल मुनि बगेर

आफ्ना दुःखहरू पखाल्ने नदी हौँ।

ढाढस मात्रका भरमा तर्न नसक्ने गरी फैलिएका

रुन नसक्ने गरी भिजेका

हामी डोरी झैँ बाटिएका नदीहरू हौँ।

अनुवादः सुमन पोखरेल



प्रतिक्रिया दिनुहोस्

Screenshot