Logo

काठमाडौं उपत्यकामा कम्तिमा चार हप्ता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव



काठमाडौं, ११ बैशाख । पछिल्ला समय कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै काठमाडौं उपत्यकामा कम्तिमा पनि चार हप्तासम्म लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । चिकित्सक तथा जनस्वास्थ्यविद्हरुले पनि कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै तत्काल कडा लकडाउन लगाउन आग्रह गरेका थिए ।

मन्त्रालयले पनि जोखिम हेरेर नै लकडाउन गर्नको लागि सीसीएमसीलाई सुझाव दिएको स्रोतको दाबी छ । तर, सिसिएमसीले यसबारेमा भने कुनै निर्णय भने गरिसकेको छैन् । अब कस्तो कदम चाल्ने भन्नेबारे सिसिएमसीले आज/भोलिभित्रै आफ्नो सुझाव पेश गर्ने भएको छ । सिसिएसमीले मन्त्रिपरिषदलाई आफ्नो सुझाव पेश गर्नेछ ।

‘संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ’

काठमाडौंमा मात्रै नभएर काठमाडौं उपत्यकाबाहिर पनि कोरोना संक्रमण द्रुत गतिमा फैलिएको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमणको भयावह अवस्था छ । लाखौंको संख्यामा संक्रमित थपिएका छन् । भारतसँग नेपालको खुला सिमाना छ । अहिले पनि आवातजावात भैरहेको छ । File Photo/ReportersNepal

Related News:

कोरोनाको दोस्रो लहरमा बालबालिका चिन्ताको विषय: डा.शेर बहादुर पुन (भिडियोसहित) 

कोरोना संक्रमणको जोखिम बढेको छ, सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरौं : डा. पुन (भिडिओसहित) 

कोरोनाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो : डा. सुन्दरमणि दिक्षित 

कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयको तयारी के छ ? प्रवक्ता गौतमसँग ऋषि धमलाको बहस (भिडिओसहित) 

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित) 

कोरोना संक्रमणप्रति सचेत नभए ठूलो क्षति हुनेवाला छ : डा. अनुप बास्तोला (भिडिओसहित) 

आयातित संक्रमणलाई निस्तेज गर्नको लागि सिमानाको व्यवस्थापन गर्नुपर्छ, सिमानामा क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ : डा. वन्त (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्