Logo

‘धरहरा अब कहिल्यै ढल्दैन, काठमाडौंवासीले घर-घरमा दिपावली गरौं’ : प्रधानमन्त्री ओली



काठमाडौं, ११ बैशाख । पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।

प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाए । उनले भने,‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्