Logo

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना



काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो ।

उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्