Logo

एकीकृत बस्ती पुनर्निर्माण



ललितपुर, वैशाख १२ । भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “हामीले एकीकृत बस्ती विकासका लागि प्रोत्साहन गरिरहेका छौँ, पीडित आफैँ मिलेर आएमा भौतिक पूर्वाधार विकासमा थप सहयोग दिन्छौँ ।” पुनर्निर्माण भएका एकीकृत बस्ती स्थानीय तथा जातीय परम्परा र संस्कृति संरक्षण गर्दै आधुनिक आवश्यकताका आधारमा निर्माण भएका छन् । यी बस्ती निर्माणसँगै अन्य भौतिक पूर्वाधार पनि विकास गरिएको छ भने जीविकोपार्जनलाई ध्यान दिइएको छ ।

घरसँगै घरबासको योजना
पाटन (ललितपुर)को पूर्वी भागमा रहेको पिलाछेँमा निर्माण गर्नुपर्ने ८४ घरमध्ये हालसम्म ४० वटा घर निर्माण भएका छन् भने तीनवटाको निर्माण सुरु भएको छ । सत्रवटा घर छिट्टै सुरु हुने अवस्थामा छन् । पिलाछँेमा बनेका घर परम्परागत शैलीका छन् । सबै घरको फसाद अर्थात् अगाडिको भागमा पुरानो नेवारी शैलीको झ्याल, ढोका र इँटा प्रयोग भएको छ ।

पिलाछेँको पुनर्निर्माणमा सहयोग गरिरहेको माया फाउन्डेसनका अध्यक्ष रमेश महर्जनका अनुसार घर निर्माणका लागि लाग्ने खर्चमध्ये श्रमदानबाट २५ प्रतिशत योगदान गर्ने, घरको परम्परागत स्वरूप देखाउन माया फाउन्डेसनले तीन लाख रुपियाँ सहयोग गर्ने, पीडितका लागि सरकारले दिने भनेको दुई प्रतिशतको सहुलियत ब्याजदर उपलब्ध गराउने र घरधनीले २५ प्रतिशत रकम बेहोरेर काम गरिँदै आएको छ । अन्य भौतिक पूर्वाधार विकासमा भने प्राधिकरणले सहयोग गरेको छ ।

पिलाछेँका भूकम्पपीडितको घर मात्र बनेको छैन, बनेका घरलाई कसरी व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिन्छ र त्यसलाई जीविकोपार्जनसँग कसरी जोड्न सकिन्छ भन्ने कार्यमा पनि फाउन्डेसनले काम गरिरहेको अध्यक्ष महर्जनले बताउनुभयो । घरको पहिलो तला व्यावसायिक प्रयोजन, दोस्रो र तेस्रो तला घरबास ९होमस्टे० सञ्चालन र बाँकी घरधनीले निजी प्रयोग गर्ने योजना पिलाछेँवासीले बनाएका छन् ।

परम्परागत शैलीका आकर्षक घर, १५२ भन्दा बढी परम्परागत स्थानीय परिकार, चाडपर्व र कला, संस्कृति तथा नेवारी जीवनशैलीबारे अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरेर विदेशी पर्यटक भिœयाउन सकिने अध्यक्ष महर्जनको भनाइ छ । पिलाछेँको पुनर्निर्माण शैली अन्य सहरी बस्तीका लागि पनि अनुकरणीय बनेको छ । यही अवलोकन गर्न काठमाडौँ महानगरपालिका–१८, किलागलवासीको टोली शनिबार पिलाछेँ पुगेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot