Logo

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरू



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठक यसअघिकै बैठकको निरन्तर भएको नेताहरुले जनाएका छन् । तर, आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितका केही सांसदलाई कारबाही गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ।

महाधविशेन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक बसेको थियो । बैशाख १० गते बसेको महाधिवेशन आयोजक कमिटी बैठकले १९ सदस्यीय स्थायी कमिटी विस्तार गरेको थियो । उक्त कमिटीमा माधव नेपाल पक्षलाई समेटिएको छैन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्