Logo

क्यान्सर रोग पिडितलाई मिर्मिरे लघुवित्तको आर्थिक सहयोग



काठमाडौं, १२ बैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग गरेको छ । शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

संस्थाको अनुसार क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च जुटाउन नसक्दा घर फर्किएका गौतमलाई संस्थामा कार्यरत कर्मचारीहरुबाट संकलन भएको ९२ हजार ६२५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

सिस्ने गाउँपालिका ६ का वडा अध्यक्ष सुधन रेग्मी, रुकुमकोट शाखा प्रबन्धक नारद भण्डारीको उपस्थितीमा कर्मचारी सुनिता गौतमलाई हस्तान्तरण गरेका हो ।



प्रतिक्रिया दिनुहोस्