Logo

एमालेको बैठक शुरु



काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ ।

बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बोलाइएको हो ।

यसअघि यही वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो । बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो । रासस-File photo



प्रतिक्रिया दिनुहोस्