Logo

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यसअघि माधव नेपालसहित २७ जना सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफल भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र उक्त प्रस्ताव पास गराउन माधव नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गर्नेबारे अध्ययन भैरहेकोबारे बैठकमा छलफल भएको जनाए ।

उनले माधव नेपाल पक्षधर सांसदहरुलाई यसअघि सोधिएको स्पष्टीकरणको जवाफबारे पनि आज समिक्षा भएको सनुाएका थिए । र, अब कारवाही प्रक्रिया कसरी अघि बढाउने र कति जना सांसदलाई कारबाही गर्ने भन्नेबारे लिष्ट तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको पनि ज्ञवालीले जनाए ।

त्यस्तै, उनले सरकारले तत्काल लकडाउन नगर्ने पनि जनाए । उनले भने,लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्