Logo

एमाले महाधिवेशन आयोजक कमिटी बैठक : प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्नेबारे बालुवाटारमा छलफल



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको हो । बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको सुनाएका थिए । र, यसबारेमा आफूहरु जानकार रहेको पनि उनले टिप्पणी गरे ।

उनले भने,‘प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन। तर कर्णालीकै जस्तो विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका छन्, तीबारे आवश्यक जानकारी लिइरहेको र यसबारे पछि निर्णय गर्ने गरी छलफल भएको छ ।’ Photo Source: Surya Thapa



प्रतिक्रिया दिनुहोस्