Logo

डा. दिक्षितसँग पत्रकार ऋषि धमलाको विशेष कुराकानी, कोरोना संक्रमण रोक्न यस्तो सुझाव (भिडिओसहित)



काठमाडौं, १२ बैशाख । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर विस्फोटक अवस्थामा पुगिसकेको भन्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरेका छन् । आज अपरान्ह प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘प्राइम इस्यु’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आँफैले जारी गरेको मापदण्ड र निर्णय आँफै उल्लंघन गरेको भन्दै गुनासो पोखे । देशमा पछिल्लो समय अनुशासनहिनताको पराकाष्ठा नाघेको पनि उनको दाबी छ । आज भारतमा अनुशासन तोड्दा अवस्था अहिले भयावह भएको पनि डा. दिक्षितले सुनाए । उनले कोभिड विरुद्धको भ्याक्सिन सबैले लगाउन पाउनुपर्ने पनि बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुनाव गर्न नसक्ने दाबी गरे । उनले चुनाव गर्न नसक्नुको कारण कोरोना संक्रमणको भयावह अवस्था भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्