Logo

वीरगन्जमा संक्रमण दर ७० प्रतिशत



वीरगन्ज, बैशाख १३ । वीरगन्जमा केहि दिन यता कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ। वीरगन्जमा ४ दिन अघिसम्म संक्रमण दर ५० प्रतिशतभन्दा बढी थियो। तर ३ दिन यता भने संक्रमण दर ६० देखि ७० प्रतिशतसम्म पुगेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति परीक्षण गराएका मध्ये ७० प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको छ। आइतबार राति १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

थपिएका ९९ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ८६ जना छन्। तीमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ८० जना रहेको डाक्टर दासले जानकारी दिए।
पर्सा जिल्लाकै विन्दवासीनी गाँउपालिकाका ३ जना तथा बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका र छिपहरमाइ गाँउपालिकाका १(१ जनामा पनि संक्रमण भेटिएको हो।

यस्तै बारा जिल्लाका १० जना, रौतहट जिल्लाका २ जना र सर्लाही जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। यसअघि शनिबार बेलुकी पनि वीरगन्जको नारायाणी अस्पतालमै १४० जनाको परीक्षण गर्दा ६४ प्रतिशतमा अर्थात ९० जनामा संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालकै प्रयोगशालामा शुक्रबार साँझ पनि १३९ जनाको पीसीआर परीक्षण गर्दा ६२ प्रतिशत अर्थात ८६ जनामा संक्रमण भेटिएको थियो।
वीरगन्जमा केही दिन यता संक्रमण उच्च दरमा बढिरहेकाले यसले अवस्था नियन्त्रण बाहिर गइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot