Logo

उपत्यकामा १५ दिन लकडाउनको सिफारिश



काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी उपत्यकामा १५ दिन लकडाउनको सिफारिश भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले लकडाउनको सिफारिश गर्ने निर्णय गरेको हो ।

विश्वस्त स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा १५ दिन लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले अन्तिम निर्णय सरकारबाट आउनका लागि सिफारिश समेत गरेको बुझिएको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकबाट उपत्यकामा लडकाउनबारे निर्णय आउने बुझिएको छ । प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयमा सिफारिश गरेबमोजिम गृहले प्रस्ताव मन्त्रिपरिषदमा लाने स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्